काठमाडौँ, ३ मंसिर । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेता तथा कार्यकर्तामा अनुशासन कमजोरी देखिएको औंल्याउँदै अनुशासित भएर भेलास्थलमा बस्न आग्रह गरेका छन् ।
राष्ट्रिय भेलाको दोस्रो दिन बन्दसत्रको अध्यक्षता ग्रहण गर्दै अध्यक्ष ओलीले राष्ट्रिय भेलाको गरिमालाई उच्च राख्न कार्यकर्तालाई निर्देशन गर्दै भने, ‘एमाले जस्तो अनुशासित पार्टीको भेला अनुशासनमा रहनु पर्यो ।’
हिजो उद्घाटन र बन्दसत्रमा सहभागीहरु हलबाट बाहिरिएको, अनाधिकृत व्यक्तिहरुको समेत प्रवेश भएपछि अध्यक्ष ओलीले आज सहभागी र स्वयंसेवकहरुलाई कडाइका साथ अनुशासन पालन गर्न निर्देशन दिएका हुन् ।
उनले भने, ‘भेलालाई भेला जस्तो बनाउनु पर्छ । हिजो अन्तिममा फाट्टफुट्ट साथीहरु मात्रै थिए । घरका मान्छेहरुले सोधे भने के गर्नेहोला ? स्वास्थ्य समस्या भए नजिकै डाक्टरहरु हुनुहुन्छ । उहाँहरुको अनुमतिमा जानुहोला । सौंचका लागि नजिक सौचालयमा जानुहोला । कार्यक्रम सक्कियो कि सक्किएन भन्ने जस्तो भयो’, ‘एमालेको राष्ट्रिय भेला हाटबजार जस्तो होइन ।’










प्रतिक्रिया दिनुहोस्