राजनीति

आगामी कार्यभार र संकल्पलाई कार्यान्वयन गराउने एमालेको निर्णय



काठमाडौँ, ३ मंसिर । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले राष्ट्रिय भेलाबाट अनुमोदन भएको आगामी कार्यभार र संकल्पलाई कार्यान्वयन गराउने निर्णय गरेको छ । 

आज राष्ट्रिय भेलालगतै बसेको बैठकले भेलाबाट अनुमोदन भएको मुख्य दुई कार्यभार र १५ कामलाई केन्द्रीय कमिटीका सदस्यहरूमार्फत प्रभावकारी ढंगले कार्यान्वयन गराउने निर्णय गरेको हो । 

बैठकले मंसिर २६ गते आयोजना हुने वडा अधिवेशन र पुसको ४ गते तय भएको पालिका तहको अधिवेशनलाई व्यवस्थित गर्न निर्देशन दिइएको छ । 

अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला पनि पार्टीले आन्दोलन घोषणा गर्न सक्ने भएकाले सोहीअनुसार तयारी अवस्थामा रहन निर्देशन सेट दिएको छ । 

सम्पन्न राष्ट्रिय भेलाले २१ बुँदे समसामयिक विशेष प्रस्ताव र संकल्प पारित गरेको छ ।