काठमाडौँ, ५ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौंको कनक चैत्य महाविहार, सेतो मच्छिन्द्रनाथ मन्दिर परिसरमा जगत कल्याण र शान्तिका लागि ५० वर्षपछि आयोजना भएको महायज्ञमा सहभागि हुनुभएको छ ।
आर्यावलोकितेश्वर सुधार समूहको आयोजना भएको उक्त महायज्ञ बिहिबारदेखि सुरु भएको हो । महायज्ञको अन्तिम दिन शनिबार राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेल सहित सहभागि हुनुभएको हो । महायज्ञमा अग्नि स्थापना, तोंछा पूजा, धर्म देशना, स्वस्तिक वाचन र धार्मिक पूजापाठ लगायतका विधिहरू समावेश गरिएको
नेपालको नेवाः बौद्ध तथा तान्त्रिक परम्पराः काठमाडौँ उपत्यकाको नेवाः संस्कृति अर्थात विशेषगरी बज्रयान बौद्ध परम्परामा अयूता हुति महायज्ञलाई अत्यन्त दुर्लभ र महत्वपूर्ण मानिने आर्यावलाेकितेश्वर सुधार समूहका अध्यक्ष निलकाजी शाक्यले जानकारी दिनुभयाे । काठमाडौँको जनबहालस्थित कनक चैत्य महाविहार (सेतो मत्स्येन्द्रनाथ मन्दिर) लगायतका ऐतिहासिक विहारहरूमा यो महायज्ञ तीन दिनसम्म विशेष तान्त्रिक विधि, पञ्चोपचार पूजा र गुठी समुदायको सहभागितामा सम्पन्न गर्ने परम्परा छ ।
राष्ट्रपति पौडेलले सो क्रममा सेतो मत्स्येन्द्रनाथ मन्दिर दर्शन गर्नुका साथै महायज्ञकाे हवनमा सहभागि भएर भेटी प्रदान गर्नुभयो । कार्यक्रममा उर्जामन्त्री विराजभक्त श्रेष्ठ, काठमाडौ महानगरका कार्यबहाक नगरप्रमुख सुनिता डंगोललगायत विशिष्ठ व्यक्तिको सहभागिता रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्