शैक्षिक

एमबीएस र एमपीए भर्नाका लागि त्रिविले खुलायो आवेदन



काठमाडौँ, ७ मंसिर । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकाय डिनको कार्यालयरले सेमेस्टर प्रणालीमा आधारित ‘मास्टर अफ बिजनेस स्टडिज’ (एमबीएस) तथा ‘मास्टर अफ पब्लिक एडमिनिस्ट्रेशन’ (एमपीए) कार्यक्रमको प्रवेश परीक्षा-२०८३ सम्बन्धी कार्यतालिका सार्वजनिक गरेको छ। 

भर्ना वर्ष २०८३ का लागि एमबीएस र एमपीए कार्यक्रम सञ्चालन भएका सम्पूर्ण क्याम्पस तथा कलेजहरूमा विद्यार्थी भर्ना प्रक्रिया सुरु गरिएको हो ।