समाचार

बसबाट लडेर एक जनाको मृत्यु



काठमाडौँ, ६ मंसिर । बैतडीमा बसबाट झर्ने क्रममा लडेर एक जना वृद्धको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पाटन नगरपालिका–६ मेलतडाका ७० वर्षीय नारायण चन्दको बसबाट झर्ने क्रममा लडेर मृत्यु भएको हो ।

मेलौलीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको म १ ख ९१९ नम्बरको बसबाट आज बिहान करिब साढे १० बजे मेलतडामा झर्ने क्रममा चन्द ढोकाबाट लडेर गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि जिल्ला अस्पताल बैतडी लगिएकामा चिकित्सकले मृत घोषणा गरेको हो ।

घटनापछि बस र चालक मेलौली नगरपालिका–९ घर भएका ४८ वर्षीय अशोक चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।