राजनीति

प्रधानमन्त्री बालेन र मोदीले गरे पाँच ‘प्रोजेक्ट’को शिलान्यास



काठमाडौँ, ७ मंसिर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा पाँच ‘प्रोजेक्ट’को शिलान्यास गरेका छन् ।

आज नयाँ दिल्लीस्थित हैदराबाद हाउसबाट दुई प्रधानमन्त्रीले संयुक्त रूपमा भर्चुअल माध्यममार्फत ती प्रोजेक्टको शिलन्यास गरेका हुन् ।

शिलन्यास गरिएका प्रोजेक्टमा दार्चुला र धार्चुला जोड्ने महाकाली नदीको पुल, बनबासामा एकीकृत चेक पोस्ट (आईसीपी), मोतिहारी–अमलेखगन्ज पेट्रोलियमा पाइपलाइनको फोज टु, झापामा ग्रीन फिल्ड अल स्टोरेज टर्मिनल र ६६९ मेगावटाको तल्लो अरुण जलविद्युत् आयोजना छन् ।

प्रधानमन्त्री बालेन र मोदीको नेतृत्वमा बसेको नेपाल–भारत प्रतिनिधिमण्डलस्तरीय उच्चस्तरीय द्विपक्षीय बैठकपछि प्रोजेक्टको शिलान्यास गरिएको हो ।