सुर्खेत, ८ मंसिर । खेलकुदको महाकुम्भका रूपमा लिइने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका केही खेल आजदेखि कर्णाली प्रदेशमा सुरु हुँदै छन् ।
कर्णाली प्रदेशले पहिलोपटक आयोजना गर्न लागेको राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलका खेलबाट प्रतिस्पर्धा सुरु हुन लागेको हो । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमालका अनुसार आज दिउँसो १ बजे वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा पुरुष फुटबल प्रतियोगिताको खेल सुरु हुनेछ । प्रतियोगिताको पहिलो खेलमा नेपाल पुलिस क्लब र आयोजक कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको औपचारिक उद्घाटन भने यही मंसिर १६ गते हुनेछ । मंसिर २७ गतेसम्म संचालन हुने प्रतियोगितामा विभिन्न खेल विधामा खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् ।










प्रतिक्रिया दिनुहोस्