समाचार

जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु



सप्तरी, ९ मंसिर । रुपनी गाउँपालिका-६ मिलनचोकमा गएराति हात्तीको आक्रमणबाट १ जनाको मृत्यु भएको छ ।

गएराति साढे १ बजे जंगलबाट गाउँ पसेको हात्तीले आक्रमण गर्दा स्थानीय ५३ वर्षीय सुपबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।