अर्थ

विराटनगर जुट मिल सञ्चालनमा ल्याउन पहल



काठमाडौँ, ९ मंसिर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साहले कार्यभार सम्हालेको तीन महिनाभित्रै देशको जेठो उद्योग ‘विराटनगर जुट मिल’ पुनः सञ्चालनमा ल्याउन निर्णायक पहल थाल्नुभएको छ।

लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक उद्योगलाई आधुनिक स्वरूपमा सञ्चालन गर्न मन्त्रालयको समन्वयमा विराटनगर जुट मिल लिमिटेडले आज (२०८३ मंसिर ९ गते) रणनीतिक लगानीकर्ताका लागि आशयपत्र (EOI) आह्वान गरेको छ।

मन्त्रालयको नीतिगत सहजीकरण र मन्त्री साहको विशेष सक्रियतामा सार्वजनिक–निजी साझेदारी (PPP) मोडलमार्फत मिल सञ्चालन गर्ने प्रक्रिया अघि बढाइएको हो। जारी सूचनाअनुसार मिलको पुनरुत्थान, आधुनिकीकरण र दीर्घकालीन सञ्चालनका लागि अनुभवी तथा आर्थिक रूपमा सबल स्वदेशी तथा विदेशी लगानीकर्तालाई ३५ दिनभित्र आशयपत्र पेस गर्न आह्वान गरिएको छ।