कायरो, १० मंसिर । इजिप्टको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार इजिप्टको राजधानी कायरोमा पेट्रोलियम पदार्थ बोकेको एउटा गाडी पल्टिएर आगलागी हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका छन् ।
कायरोको गिजा प्रान्तस्थित इम्बाबा जिल्लाको वराक क्षेत्रमा रिङरोडमा रहेको सुरुङमाथि उक्त दुर्घटना भएको थियो । पेट्रोलियम पदार्थ बोकेको गाडी पल्टिएपछि आगो लागेको र त्यसले आसपासका सवारीसाधनमा समेत फैलिएको बताइएको छ ।
घटनामा २७ वटा सवारीसाधन जलेर नष्ट भएको इजिप्टको अभियोजन कार्यालयले जनाएको छ । दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्