काठमाडौँ, १० मंसिर । त्रिभुवन विश्वविद्यालय विश्वभाषा क्याम्पस, जापानिज भाषा विभागको ४ वटा कक्षाकोठा जापान सरकारले पुनर्निर्माण गरिदिएको छ ।
साथै स्मार्टबोर्ड र फर्निचर जडान गरी अन्य शैक्षिक उपकरणहरू समेत जापानले हस्तान्तरण गरेको छ । नेपालका लागि जापानका राजदूत मेइदा तोरुले विश्वभाषा क्याम्पसका क्याम्पस प्रमुख डा. महेन्द्रकुमार बुढाथोकीलाई उक्त शैक्षिक उपकरण हस्तान्तरण गरेका हुन् ।










प्रतिक्रिया दिनुहोस्