काठमाडौँ, १० मंसिर । पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् ।
मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएका अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरी उच्च स्रोतले अर्याल पक्राउ परेको पुष्टि गर्यो । उनी कहाँबाट पक्राउ परेका हुन् भन्ने चाहिँ बताउन चाहेन । यद्यपि गृह मन्त्रालयको स्रोतले भने उनलाई भारतको कलकत्ताबाट पक्राउ गरेर नेपाल ल्याइँदै गरेको बताएको छ ।
अर्यालविरुद्ध मलेसिया जाने श्रमिकबाट गैरकानुनी रूपमा रकम असुली गरी विदेश पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिइएको थियो ।










प्रतिक्रिया दिनुहोस्