अर्थ

नेप्से परिसूचक १२.२६ अंकले घट्यो



काठमाडौँ, १० मंसिर । सेयर बजार परिसूचक दोहोरो अंकले घटेको छ । बिहीबार बजार बन्द हुँदा नेप्से परिसूचक १२.२६ अंकले घटेर २६३५.३९ विन्दुमा झरेको हो ।

यस दिन कुल ३५४ वटा स्क्रिप्सको ४८ हजार २२९ पटकको कारोबारमा १ करोड ४२ लाख ५६ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । जसबाट कुल ५ अर्ब ३२ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

कारोबारमा आएका कम्पनीहरूमध्ये ६७ वटाको सेयर मूल्य बढेको छ भने २०१ वटा कम्पनीको मूल्य घटेको छ । त्यस्तै, ११ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

बजारमा गिरावट आउँदा पनि यस दिन युनिक नेपाल लघुवित्तका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । उक्त कम्पनीको सेयर मूल्य ४.८८ प्रतिशतले बढेको छ । एलएस होराइजन १२ नामक म्युचुअल फण्ड सर्वाधिक ४.७६ प्रतिशतले घटेको छ ।