राजनीति

पूर्वउपकुलपति प्रा.डा. बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध



काठमाडौँ, १२ मंसिर । लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति, वरिष्ठ अर्थशास्त्री तथा विकास विज्ञ प्रा.डा. सुवर्णलाल बज्राचार्य  उज्यालो नेपाल पार्टीको केन्द्रीय नेतृत्वमा आबद्ध  भएका छन् ।

शिक्षा, अर्थतन्त्र, अनुसन्धान तथा संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव हासिल गरेका उनलाई पार्टी अध्यक्ष कुलमान घिसिङले खादा ओढाएर स्वागत गरे।

उनको आगमनले पार्टीको केन्द्रीय नेतृत्वलाई थप अनुभवी, प्राज्ञिक र सशक्त बनाउनुका साथै नीति निर्माण तथा राष्ट्र निर्माणको अभियानलाई नयाँ उचाइ दिने  पार्टीको विश्वास छ ।