राजनीति

मोहन बस्नेतद्वारा महामन्त्रीको उम्मेदवारी घोषणा



काठमाडौँ, १२ मंसिर । मोहन बस्नेतले नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहको महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन्। 

आज बिहान पत्रकार सम्मेलन गरी बस्नेतले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन् । उनले आफू लामो समयदेखि राजनीतिमा रहेको विभिन्न पदमा बसेर काम गरिसकेकाले अब महामन्त्रीका लागि प्रतिस्पर्धा गर्ने बताए।

देउवा समूहले यही मंसिर २१ देखि २३ गतेसम्म काठमाडौँमा समानान्तर महाधिवेशन गर्दैछ।