समाचार

आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ



मकवानपुर, १२ मंसिर । इन्द्रसरोवर गा.पा. ४ गोठभित्ता बस्ने अन्दाजी ४० वर्षीय रमेश पाख्रिनले आफ्नै श्रीमती ३५ वर्षीया रुकु पाख्रिनलाई कुटपिट गरी हत्या गरेका छन् ।

२०८३ मंसिर ११ गते राति अन्दाजी २१:०० बजे श्रीमान्-श्रीमतीबीच झैझगडा भएको भनि स्थानीयमार्फत जानकारी प्राप्त भएको थियो । जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी फाखेल, मकवानपुरबाट प्रहरी टोली खटिई बुझ्दा रुकु पाख्रिन घरभित्र सुत्ने कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । रमेश पाख्रिनले मादक पदार्थ सेवन गरी श्रीमती रुकुलाई कुटपिट गर्दा उनी अचेत भएकी थिइन् ।

मंसिर १२ गते बिहान अन्दाजी १०:३० बजे प्रहरी चौकी फाखेल, मकवानपुरमा घटनाबारे जानकारी प्राप्त हुनासाथ खटिएको टोलीले घटनास्थलमा पुगेर बुझ्ने तथा आवश्यक अनुसन्धान गर्ने कार्य गरेको थियो । घटनामा संलग्न श्रीमान् रमेश पाख्रिनलाई पक्राउ गरिएको छ भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।