काठमाडौँ, २६ असोज । अर्थ मन्त्रालयले नेपाल प्रशासन सेवा, राजस्व समूहका राजपत्राङ्कित द्वितीय श्रेणी (उपसचिव)का ८५ अधिकृतको सरुवा तथा पदस्थापना गरेको छ । अर्थ मन्त्रालयको निर्णयानुसार आन्तरिक राजस्व विभाग, भन्सार विभाग, ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालयका साथै देशभरका विभिन्न आन्तरिक राजस्व तथा भन्सार कार्यालयहरूमा कार्यरत उपसचिवहरूको सरुवा गरिएको सोमबार (असोज २६) जारी सूचनामार्फत जानकारी…