Banner News

बन्द, हड्ताल फिर्ता लिने यातायात मजदुरको घोषणा, सार्वजनिक सवारी तत्काल खुल्ने



काठमाडौँ, २ फागुन । सार्वजनिक यातायात मजदुरसम्बद्ध संगठनले बन्द, हड्ताल फिर्ता लिने घोषणा गरेका छन् ।

आज बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको वार्ताका क्रममा मन्त्रालयले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि मजदुर संगठनका पदाधिकारीले यस्तो घोषणा गरेका हुन् । योसँगै आजै सार्वजनिक सवारीसाधन पुनः सञ्चालन गरिने भएको छ ।

मन्त्रालयका अधिकारीले तत्काल बन्द, हड्ताल रोकी सार्वजनिक यातायात सञ्चालन गर्न आग्रह गरेका थिए । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सर्वसाधारणका लागि सडकमा सहजीकरण गरेर वार्ताको निष्कर्षमा पुग्नुपर्नेमा जोड दिएका थिए । मन्त्री श्रेष्ठले जायज मागहरू सम्बोधन गरिने बताए ।