काठमाडौँ, ४ फागुन । रुपन्देही–३ मा जनता समाजवादी पार्टी, नेपाल (जसपा)का उमेदवार नेकपा (एमाले) प्रवेश गरेका छन् ।
जसपा नेपालका केन्द्रीय सदस्यसमेत रहेका उमेदवार श्रीनिवास यादव एमाले प्रवेश गरेका हुन् ।
उनलाई भैरहवामा पार्टीका तर्फबाट एमाले नेता एवं केन्द्रीय सदस्यलगायतले पार्टी प्रवेश गराएका हुन् ।
श्रीनिवासले आफ्नो उमेदवारी निष्क्रिय पारी एमाले उमेदवार वासुदेव घिमिरेलाई समर्थन गरे बताए ।
रुपन्देही–३ का मतादाताको मनोभावना एमालेभन्दा अरू नदेखिएको र राष्ट्रियताका विषयमा एमाले महत्त्वपूर्ण शक्ति भएको निष्कर्ष निकाल्दै एमाले प्रवेश गरेको श्रीनिवासले बताए ।









प्रतिक्रिया दिनुहोस्