काठमाडौँ, ४ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले आगामी निर्वाचनपछि बलियो सरकार बन्ने र जनताको समस्या समाधान गर्ने बताएका छन् ।
आज चितवनको कालिका नगरपालिका– ३ मा स्थानीयसँगको छलफलमा लामिछानेले अहिले देशभर रास्वपाको पक्षमा माहोल बनेको भन्दै आगामी निर्वाचनपछि बलियो सरकार बन्ने र जनताको समस्या समाधान गर्ने बताए ।
उनले भने, ‘पहिला चितवनमा सुरु गर्दा माहौल थिएन । अब बलियो सरकार बन्छ भन्ने आशा जागेको छ,’ ‘सुकुम्बासी समस्याबारे मैले पहिलादेखि नै बुझेको छु । नेताहरूले मुखले बोलीले होइन काम गरेर देखाउनुपर्ने हुन्छ ।’









प्रतिक्रिया दिनुहोस्