काठमाडौँ, ४ फागुन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आफूहरूले आसन, भाषण र शासनमा सुधार गर्ने बताएका छन् ।
आज लमजुङको कांग्रेस जिल्ला कार्यालय भवन उद्घाटन र विश्वेश्वरप्रसाद कोइरालाको सालिक अनावरण कार्यक्रममा उपसभापति शर्माले आफूहरूले आसन, भाषण र शासनमा सुधार गर्ने बताएका छन् ।
उनले भने, ‘बदलिएको काँग्रेसले अब देशको आसन, भाषण र शासनमा सुधार गर्नेछ । कुनै पनि व्यक्ति सत्तामा निरन्तर आसन जमाउने परम्परा भत्काएर, हामी १, २, ३ र ४ को नीति संविधानमा अङ्कित गर्नेछौँ,’ ‘अब उप्रान्त कोही पनि प्रधानमन्त्री र मुख्य मन्त्री दुई पटक भन्दा बढी रहन पाउने छैनन् ।’
जेनजी विद्रोहको भावनाबमोजिम शासनमा सुधार गर्ने उपसभापति शर्माले बताए । उनले भने, ‘देशको शासनमा जेजस्तो सुधार गर्न जरुरी छ । त्यसको केस्राकेस्रा केलाएका छौँ ,’ ‘हामीले जेनजी विद्रोहको भावना बमोजिम त्यो सुधार, परिमार्जन र समग्रमा परिवर्तनलाई हामी सम्भव बनाउने छौँ ।’









प्रतिक्रिया दिनुहोस्