काठमाडौँ, ५ फागुन । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो अधिकार, स्वाभिमान र सशक्त प्रतिनिधित्वका लागि सङ्घर्ष गरेको शक्तिलाई मतदान गर्न सबैलाई आग्रह गरेका छन् ।
आज सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले विभाजन र भ्रमभन्दा माथि उठेर आफ्नो अधिकार सुरक्षित गर्ने शक्तिलाई मतदान गर्न समेत आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘अब निर्णय तपाईँको हातमा छ, इतिहास लेख्ने कि इतिहास मेट्ने ? आफ्नो अधिकार, स्वाभिमान र सशक्त प्रतिनिधित्वका लागि सङ्घर्ष गरेको शक्तिलाई मतदान गरौँ । विभाजन र भ्रमभन्दा माथि उठेर, आफ्नो अधिकार सुरक्षित गर्ने शक्तिलाई मतदान गरौँ । भारी बहुमतले विजयी बनाएर मधेसको आवाजलाई निर्णायक बनाऔँ ।’










प्रतिक्रिया दिनुहोस्