काठमाडौँ, ७ फागुन । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले अबको पाँच वर्षभित्र भ्रष्टाचारमुक्त नेपाल बनाउन चाहेको बताएका छन् ।
आज काठमाडौँको राष्ट्रिय सभागृहमा ‘हाम्रो प्रतिज्ञा तपाईंको प्रश्न’ नामक कांग्रेसको प्रतिज्ञापत्र विस्तृत सार्वजनिक एवं सवाल जवाफ कार्यक्रममा बोल्दै सभापति थापाले भने, ‘कांग्रेसले यी कुरा गर्दै गर्दा भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता र नेता हेर्दैन । जोसुकै जोस्, सभापति होस् कि कुनै पदमा भएका व्यक्तिले भ्रष्टाचार गरेको रहेछ भने उसलाई सार्वजनकि पदमा बस्ने अधिकार छैन ।’
उनले २०४७ साल यताका जुनसुकै पार्टीका नेताहरूमाथि भ्रष्टाचार छानबिन गर्ने बताए । उनले अब कार्यालय केन्द्रित होइन कि नागरिक केन्द्रित सेवा बनाउनुपर्ने बताए । उनले कुन काम कति समयमा सकिन्छ त्यो समयभित्र नै गर्नुपर्नेमा जोड दिए ।









प्रतिक्रिया दिनुहोस्