राजनीति

एमाले नेता मानन्धर र ढकालसहित ७८ जना कांग्रेस प्रवेश



काठमाडौँ, ७ फागुन । नेकपा (एमाले)का नेता तथा पूर्वसांसद रामवीर मानन्धरसहित ७८ जना नेपाली कांग्रेस प्रवेश गरेका छन् । 

बिहीबार राष्ट्रिय सभा गृहमा कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रममा मानन्धरसँगै जनार्दन ढकाललगायत कांग्रेस प्रवेश गरेका हुन् । सभापति गगन थापाको प्रश्नोत्तर कार्यक्रमपछि मानन्धरलाई पार्टी प्रवेश गराइएको थियो । ढकाल एमाले रसुवाका जिल्ला कमिटीका अध्यक्ष थिए ।

मानन्धरलाई भने अघिल्लो पटकको निर्वाचनमा एमालेले कारबाही गरेको थियो । यद्यपि चुनाव नजिकिएसँगै उनीमाथिको कारबाही फुकुवा गरिएको थियो । ढकाल भने एमालेबाट दुई पटक प्रतिनिधिसभामा सदस्य निर्वाचित भएका थिए ।