दाङ, ८ फागुन । तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा कार्यकर्ताले नेकपा (एमाले)को चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाएका छन् ।
बिहीबार राति रास्वपा सभापति रवि लामिछानेको स्वागतका लागि बसेका कार्यकर्ताले एमालेको चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाएका हुन् । झण्डा जलाउँदै उनीहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेको भिडियो समेत सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।










प्रतिक्रिया दिनुहोस्