राजनीति

चुनावपछि कांग्रेस पहिलो पार्टी बन्छ : उपसभापति शर्मा



पाँचथर, ८ फागुन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनपछि कांग्रेस पहिलो पार्टी हुने दाबी गरेका छन् ।

राँकेबजारमा इलाम र पाँचथरको चुनावी सभालाई सम्बोधन गर्दै उनले देशलाई निकास दिनका लागि कांगेसले जिम्मेवार पूर्ण नेतृत्व गर्ने बताए । नयाँ ऊर्जा, कार्यक्रम लिएर चुनावमा पार्टी होमिएको उनको भनाइ थियो ।

पहिलो हुने दललाई सरकारको नेतृत्व दिनुपर्ने कांग्रेसको प्रस्ताव रहने उनको भनाइ थियो । दोस्रो र तेस्रो दल प्रतिपक्षमा बस्ने गरी प्रस्ताव पेस गर्ने उनको भनाइ थियो ।