राजनीति

अध्यक्ष ओलीको पत्र लिएर मतदाताको घरघरमा एमाले



दमक, ८ फागुन । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्येक मतदातालाई सम्बोधन गरेको पत्र लिएर कार्यकर्ता घरघरमा पुगिरहेका छन् ।

झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ अन्र्तगतका २९ वटै वडामा नेकपा एमालेले मतदातालाई सम्बोधन गरेको पत्र लिएर घरघरमा पुगिरहेका छन् । नेकपा एमाले प्रतिनिधिसभा निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालका अनुसार यो क्षेत्रभरीका प्रत्येक टोलका घरघरमा पार्टी अध्यक्षको पत्र लिएर जनतासँग पुगिरहेका छौ । निर्वाचन लक्षित घरदैलो अभियानमा जाँदा मतदातालाई सम्बोधन गरेको पार्टी अध्यक्षको पत्र, पार्टीको प्रतिवद्धता पत्र, र बिभिन्न जनवर्गिय संगठनका छुट्टा छृट्टै प्रतिवद्धता पत्र सहित टोल टोलमा पुग्ने गरिएको छ ।

अध्यक्षको पत्रमा फागुन २१ गते नेपाली जनताको भाग्य र भविष्य निर्माण गर्ने दिनको रुपमा मानेर निर्वाचनमा सहभागि हुन आवह्रान गरिएको छ । यो पत्रमा मुुलुक यतिवेला गम्भिर संकटको अवस्थामा रहेको उल्लेख छ । त्यसैले एकतामा बाँधिएको हाम्रो समाजलाई एकै परिवारका बुबा आमा र छोराछोरी बीचमा सम्बन्ध नै बिभाजन गरिदै आएको छ । यसले  अविभावक र सन्तान बीचको सम्बन्धमा संकट ल्याइदैछ । क्रमश परिवार कमजोर भएपछि समाज र देशमा नै कमजोर हुन्छ । यसले मुलुकमा नै एकताको संकट ल्याउछ । अध्यक्ष ज्युको पत्रमा यस क्षेत्रका सबै मतदातामा राष्ट्रिय निर्माणका लागि नेकपा एमालेलाई मतदातन गर्न आवह्रान गरिएको छ । पार्टी अध्यक्षको पत्र लिएर जनताको घरघरमा एमालेको समुहगत रुपमा पुगिरहेको छ ।

यस अन्र्तगत दमक नगरपालिकाको वाड्न ६ र ७ मा दोश्रो चरणको घरदैलो कार्यक्रम समेत हिजोबाट सम्पन्न गरिएको छ । बाँकी अन्य वडामा समेत अन्तिम चरणमा पुगेको जनाइएको छ । दमक नपाका बाँकी ८ वटौ वडाका बिभिन्न टोल टोलमा घरदैलो अभियानको रुपमा चलिरहेको जनाइएको छ । सबै टोलमा घरदैलो गर्दा स्थानीय भूगोलमा रहेका केन्द्रिय कमिटी, प्रदेश, जिल्ला, क्षेत्रीय, पालिका, वडा र टोल कमिटीका सबै पदाधिकारी, सदस्य, सल्हाकार, तथा शुभचिन्तकहरु समेत सहभागि भएर घरदैलो अभियान गरिदै आएको छ ।

यसरी नै सोही निर्वाचन क्षेत्र अन्र्तगत कमल गाउँपालिकाको वाड्न ५ को सिम्ले क्षेत्रमा रहेको नेकपा एमालेका कमल गाउँकमिटी अध्यक्ष हरि ढकालले जानकारी दिनुभयो । त्यसै गर वाड्न १ को ब्यक्तीगत भेटघाट, चलिरहेको छ । वाडनं २ को देवी चौन र ज्योतिनगर क्षेत्रमा भेटघाट सम्पन्न भएको छ । फाल्गुनन्द,  शान्ति र संगम टोलमा सहुगत घरदैलो कार्यक्रम गरिएको छ । वडनं ६ को मैनाखता र मंगलवारेमा सम्पन्न भएको छ । यसरी नननै वाड्न ७ को बाह्रघरे र झर्का एरियामा घरदैलो कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।

त्यसरी नै गौरादह नगरपालिका अन्र्तगत सबै वडामा आज दिनैभरी बिभिन्न टोलमा भघरदैलो सम्पन्न भएको गौरादह नगर कमिटीको निर्वाचन परिचालन समितिका संयोजक गजेन्द्र घिमिरेले जानकारी दिनु्भयो । पार्टीको क्षेत्रीय योजना अनुसार नै सबै वडाका सबै टोलमा भूगोल अनुसार घर घर पुगेर दैलो कार्यक्रम अघि बढिरहेको छ ।

त्यसरी नै गौरीगञ्जका पनि सबै वडामा घरदैलो कार्यक्रम समुहगत रुपमा नै चलिरहेको जनाएइको छ । सबै वडामा निर्वाचन लक्षित घरदैलो अभियान अन्तिम चरण पुगेको छ । अव पार्टीले अर्को चरणमा ल्याउने योजना अनुसार पार्टी संगठन परिचालन गरिने योजना रहेको जनाइएको छ ।