राजनीति

सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप



सुनसरी, ९ फागुन । सुनसरीको भोक्राहा नरसिङ गाउपालिका-४ मा नेपाली कांग्रेसको चुनावी कार्यक्रममा प्रहरीद्धारा लाठीचार्ज भएको छ ।

सुनसरी क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने भोक्राहाको चुनावी कार्यक्रममा उम्मेदवार ज्ञानेन्द्र कार्की आफ्नो चुनावी सभालाई सम्बोधन गर्न गइरहेका थिए । बाटोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केही युवाहरूसँग जम्काभेटपछि विवाद बढेर हात हालाहाल भएको थियो । परिस्थिति असामान्य हुन लागेपछि प्रहरीले दुवै पक्षका कार्यकर्तालाई तितरवितर बनाउन लाठीजार्च गरेको प्रहरीले जनाएको छ ।

कांग्रेसको भ्रातृसंगठन तरुण दलका कार्यकता र रास्वपाका कार्यकतामाथि जाइलागेपछि निर्वाचन सुरक्षामा खटिएका प्रहरीले लाठीचार्ज गर्नुपरेको सुनसरीका एसपी केशव थेवेले बताए ।