झापा, १० फागुन । निर्वाचनको सम्मुखमा झापामा सयौं जेनजी युवाहरु एमाले प्रवेश गरेका छन् ।
कांग्रेस, रास्वपा, नेकपा, राप्रपा तथा अन्य विभिन्न दलहरु त्यागी सयौं युवाहरु एमाले प्रवेश गरेका हुन् । शनिबार झापा क्षेत्र नं. ३ ले भद्रपुरमा आयोजना गरेका कार्यक्रममा ती युवाहरु एमाले प्रवेश गरेका हुन् । नवप्रवेशीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका हुन् ।
झापा क्षेत्र नं। ३ को कार्यकर्ता भेलामा अध्यक्ष ओलीले सयौं जेनजीहरुलाई एमालेमा स्वागत गरेका छन् । राष्ट्रिय युवा संघ भद्रपुरका अध्यक्ष दिपक बुढाथोकीले एमालेमा जेनजीहरुको उत्साहपूर्ण प्रवेशले थप उर्जा मिलेको बताएका छन् ।
नवप्रवेशीलाई योग्यता र क्षमता अनुसार पार्टीले उचित जिम्मेवारी दिने एमालेले प्रतिवद्धता जनाएको छ ।
देशको विषम् परिस्थितीमा राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने एक मात्र पार्टी एमाले भएकाले पार्टी प्रवेश गरेको उनीहरुले बताए । आगामी दिनमा एमालेप्रति लगाईएका भ्रमहरु तोड्दै निर्वाचनमा एमालेलाई अत्याधिक मतका साथ विजयी गराहुन कुनै कसुर बाँकी नराखी लाग्ने प्रतिवद्धतासमेत जनाए ।










प्रतिक्रिया दिनुहोस्