राजनीति

धादिङ बस दुर्घटनाप्रति अध्यक्ष ओलीद्वारा दु:ख व्यक्त



काठमाडौँ, ११ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले धादिङ दुर्घटनाप्रति दु:ख व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जाल मार्फत अध्यक्ष ओलीले घटनाका मृतकहरुप्रति श्रद्धान्जली दिंदै गर्दै उनीहरुका परिवारमा समवेदना व्यक्त गर्नुभएको छ । अध्यक्ष ओलीले दुर्घटनाका घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ । पोखराबाट काठमाडौं आउदै गरेको बस गएराती धादिङको भैंसीगौंडा स्थित पृथ्वी राजमार्गमा दुर्घटना हुँदा हालसम्म १८ जनाको मृत्यु भएको छ । ठुलो संख्यामा यात्रु घाइते भएका छन् ।

दुर्घटनाप्रति दुख् व्यक्त गर्दै अध्यक्ष ओलीले लेख्नु भएको छ, ‘पोखराबाट काठमाडौंतर्फ यात्रा गरेको यात्रुबाहक बस धादिङको भैंसीगाडास्थित पृथ्वी राजमार्गमा मध्यराती दुर्घटनामा परेर १७ जनाको ज्यान गएको खबरले मर्माहत बनाएको छ । दुर्घटनामा जीवन गुमाउनु भएका यात्रुप्रति श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेशना व्यक्त गर्दछु । घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना ।’