काठमाडौँ, ११ फागुन । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेलले आफ्नो प्रतिज्ञा पत्र सार्वजनिक गरेका छन् ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक प्रतिज्ञा पत्रमार्फत उनले १४ बुँदामा काठमाडौँ– ५ को विकास र नीतिगत परिवर्तनका लागि आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
आफूले २०७९ सालमा सांसदका रुपमा विजयी हुँदा गरेको प्रतिबद्धता पूरा गर्न सांसद तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीका रूपमा इमानदारीपूर्वक प्रयास गरेको भन्दै उनले रिङ रोड दोस्रो खण्ड निरन्तरताका लागि दिएको दबाबले काम गरेको, सामाखुसी टोखा सडक, विष्णुमति करिडोर, साङ्लेखोला करिडोर लगायतका रणनीतिक काम अघि बढेको उल्लेख गरेका छन् । उनले मेलम्ची खानेपानी रिङरोड बाहिर विस्तार तथा नयाँ लाइन निर्माणका काम समेत भएको उल्लेख गरेका छन् ।
पौडेलको प्रतिबद्धतामा क्षेत्रभित्रका सार्वजनिक विद्यालयलाई स्मार्ट स्कुल बनाउने तथा विद्यालयमा स्थानीय मातृभाषा नेवारी तथा तामाङ तथा मौलिक सीप र ज्ञानलाई शिक्षण सिकाइमा समावेश गर्न पाठ्यक्रम निर्माणका लागि स्थानीय तहसँग सहकार्य गर्ने उल्लेख छ । सार्वजनिक निजी साझेदारीमार्फत विद्यालयहरूमा प्रविधिमैत्री अध्ययनको वातावरण तयार गर्न सम्बद्ध पक्षसँग सहकार्य गरिने उनको प्रतिबद्धता छ ।











प्रतिक्रिया दिनुहोस्