काठमाडौँ, ११ फागुन । गृह मन्त्रालयले धादिङ बस दुर्घटनाको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ ।
गृह मन्त्रालयका अनुसार धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ मा आइतबार राति बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको घटनामा छानबिन समिति बनाउने निर्णय भएको हो ।
दुर्घटनामा ठुलो जनधनको क्षति भएपछि सोमबार गृह मन्त्रालयमा बसेको गृहमन्त्री ओमप्रकाश अर्याल, भौतिक पूर्वाधार मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी महासङ्घ, तीनवटै सुरक्षा निकायका प्रमुखहरू र सरोकारवाला निकायहरूबिचको छलफलले छानबिन समिति बनाउने निर्णय गरेको हो । कसको नेतृत्वमा कति सदस्यीय समिति बनाउने भन्ने टुङ्गो लागिसकेको छैन ।
पोखराबाट काठमाडौँ आउँदै गरेको ग२ख १४२१ नम्बरको बस आइतबार राति धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खसेको थियो ।










प्रतिक्रिया दिनुहोस्