काठमाडौँ, ११ फागुन । सर्वोच्च अदालतले दुर्गा प्रसाईंमाथि अनुसन्धान गरी कारबाही अघि बढाउनु भन्ने निर्वाचन आयोगको निर्णयको फाइल मगाउन आदेश गरेको छ ।
न्यायाधीशहरु डा. नहकुल सुवेदी र मेघराज पोखरेलको इजलासले ४ फागुन, २०८२ मा निर्वाचन आयोगले जिल्ला प्रहरी परिसर काठमाडौँलाई पठाएको पत्रको फाइल मगाएको हो ।
त्यही निर्देशनका आधारमा आफूहरुले प्रसाईलाई पक्राउ गरी अनुसन्धान गरेको जिल्ला प्रहरी परिसर काठमाडौँको दाबी थियो ।










प्रतिक्रिया दिनुहोस्