राजनीति

बदलिएको कांग्रेसले सबैलाई सम्मान गर्छ: उपसभापति शर्मा



सप्तरी, १३ फागुन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले बदलिएको कांग्रेसले सबैलाई सम्मान गर्ने बताएका छन् ।

मंगलबार गजेन्द्र चौकमा चुनावी सभालाई सम्बोधन गर्दै उनले मधेस आन्दोलनलाई सम्मान गर्दै गजेन्द्रनारायण सिंहको योगदान कहिले बिर्सने योग्य नरहेकोसमेत उल्लेख गरे । मधेस आन्दोलनकै कारण सङ्घीयता आएको स्मरण गराउँदै उनले सङ्घीयता कसैको चाहनामा कमजोर नहुने बताए ।

कांग्रेसको चुनावी भेलामा जसपा नेपालका समानुपातिक उम्मेदवार विजय गुप्तासहित दुई दर्जनभन्दा बढी जेनजी युवा कांग्रेसमा प्रवेश गरेका थिए । नवप्रवेशी युवालाई कांग्रेसका सप्तरी क्षेत्र नम्बर २ का उम्मेदवार रामकुमार यादव, राष्ट्रियसभा सदस्य रञ्जित कर्ण, पार्टीका जिल्ला सचिव सनत मण्डल, मधेस प्रदेशकी सहमहामन्त्री विन्दु यादव, नेताहरू इर्शाद अन्सारी, संविधानसभा सदस्य सकलदेव सुतिहार, नेता जितेन्द्रनारायाण देवसहितकाले स्वागत गरेका थिए ।