Banner News

रास्वपाले हिंसामा विश्वास गर्दैन : सभापति लामिछाने



काठमाडौँ, १४ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले हिंसामा विश्वास नगर्ने बताएका छन् ।

आज गोरखाको सदरमुकाममा आयोजित सभामा लामिछानेले संरचनाहरू जलेकोमा आफूहरूले गौरव नगरेको बताए ।

उनले भने, “संरचना जलेकोमा हामी गौरव गरेका छैनौँ । हिंसालाई रास्वपाले कहिल्यै विश्वास गर्दैन,” ।

उनले आफूहरूले धर्म र भूगोलको नाममा राजनीति नगर्ने बताए । जेनजी आन्दोलनका क्रममा पहिले गोली चलेको र पछि संरचनाहरू जलेका उनको भनाइ छ ।

“धर्मका नाममा द्वन्द्वको बीउ रोपियो भने त्यसको फल कस्तो हुन्छ, विश्वका धार्मिक युद्ध मच्चिरहेका देशका उदाहरण हेर्नुस्,” लामिछानेले भने, “हरेक जातजाति, धर्म संप्रदायमा विश्वास राख्नेहरूलाई उत्तिकै सम्मान गर्ने हाम्रो सिद्धान्त हो ।”