काठमाडौँ, १४ फागुन । सर्वोच्च अदालतले नेकपा (बहुमत)का महासचिव धर्मेन्द्रराज बास्तोलालाई थुनामुक्त गर्न आदेश दिएको छ ।
आज न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले रिहाइको आदेश दिएको हो ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन बहिष्कारको गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले बास्तोलालाई पक्राउ गरेको थियो । उनको पक्राउविरुद्ध सावित्रीकुमारी वलीले फागुन १० गते बन्दीप्रत्यक्षीकरण रिट दिएकी थिइन् ।










प्रतिक्रिया दिनुहोस्