राजनीति

बिबिसी लक्षित शंकर पोखरेलको टिप्पणी : डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण



दाङ, १५ फागुन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनका बारेमा तयार पारेको डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण भएको टिप्पणी गरेका छन् ।

´चुनावको मुखमा सार्वजनिक गरिएको BBC को डकुमेन्ट्री केवल सञ्चार सामग्री मात्र होइन । उनले सामाजिक संजाल फेसवुकमा लेखेका छन्,´यो भूराजनीतिक चलखेलको जिउँदो प्रमाण हो । चुनावको संवेदनशील समयमा यस्ता सामग्री सार्वजनिक हुनु संयोग मात्र हो कि नियोजित हस्तक्षेप हो ? भन्दै उनले प्रश्न समेत गरेका छन् ।

उनले थप लेखेका छन्,
हामीले बुझ्नुपर्छ:
-लोकतन्त्रको रक्षा नेपाली जनताले आफैं गर्नुपर्छ ।
-नेपालको सार्वभौमिकता हाम्रो साझा जिम्मेवारी हो ।
-सूचना स्वतन्त्र हुनुपर्छ, समय सन्दर्भ र उद्देश्य पनि पारदर्शी हुनुपर्छ ।
-भूराजनीतिक दबाब र प्रोपागान्डाको खेलमा नेपाललाई प्रयोग हुन नदिऔँ ।
-सचेत बनौँ, तथ्य जाँचौँ, र राष्ट्रिय हितको पक्षमा उभिऔँ ।