एजेन्सी, १९ फागुन । कतारको राजधानी दोहामा मंगलबार राति शृङ्खलाबद्ध शक्तिशाली विस्फोटका आवाजहरू सुनिएका छन् ।
स्थानीय समय अनुसार राति करिब १ः४० बजे दोहाको आकाशमा पाँच वटा ठुला विस्फोटका आवाज गुन्जिएको समाचार अलजजिराले प्रकाशित गरेको हो ।
मध्यपूर्वमा जारी तनाव र इरानले सुरु गरेको आक्रमणको सिलसिलाका बिच कतारको राजधानीमा यी विस्फोटहरू भएका हुन् । यसअघि मंगलबार बिहान पनि सहरमा विस्फोटका आवाजहरू सुनिएका थिए ।
विस्फोटका कारण सहरबासीहरूमा त्रास फैलिएको भए पनि हालसम्म कुनै मानवीय क्षति वा भौतिक संरचनामा क्षति पुगेको जानकारी प्राप्त भएको छैन । अधिकारीहरूले विस्फोटको प्रकृति र त्यसबाट भएको क्षतिको विस्तृत विवरण संकलन गरिरहेका छन् ।










प्रतिक्रिया दिनुहोस्