राजनीति

मध्यपूर्वमा रहेका नेपालीको सुरक्षाका लागि ‘इमर्जेन्सी रेस्पोन्स टिम’ गठन



काठमाडौँ, १९ फागुन । मध्यपूर्वमा रहेका नेपालीको सुरक्षाका लागि परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको नेतृत्वमा ‘इमर्जेन्सी रेस्पोन्स टिम’ गठन गरिएको हो ।

आज परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिएको हो । परराष्ट्र मन्त्रालयका मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले भने, “परराष्ट्र सचिवको नेतृत्वमा इमर्जेन्सी रेस्पोन्स टिम गठन गरिएको छ । मंगलबार पररष्ट्रमन्त्रीस्तरीय निर्णयको आधारमा टिम गठन गरिएको हो,” ।

इमर्जेन्सी रेस्पोन्स टिममा परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय, कानुन मन्त्रालय, श्रम मन्त्रालय, नागरिक उडड्यन मन्त्रालय, शिक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग, अध्यागमन विभाग, कन्सुलर सेवा विभाग, नेपाल नागरिक उड्डयन प्राधिकरण लगायतका प्रतिनिधि रहने व्यवस्था रहेको छ ।