राजनीति

सर्लाही–३ का रास्वपा उम्मेदवार कलवार कालोसूचीमा



काठमाडौँ, २० फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सर्लाही–३ का उम्मेदवार नरेन्द्र साह कलवार कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको पाइएको छ । 

कालोसूचीमा परेको भन्दै धनुषा क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको अवस्थामा कलवार पनि सोही सूचीमा रहेको पाइएको हो । कर्जा सूचना केन्द्रको विवरण अनुसार निर्माण व्यवसायमा सम्बद्ध कलवारलाई पछिल्लोपटक २०८१ मंसिर ५ गते केन्द्रले कालोसूचीमा राखेको थियो । जुन अहिलेसम्म कायमै रहेको देखिन्छ । 

यसअघिको निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार रहेका उनी एमालेका हरिप्रसाद उप्रेतीसँग झिनो मतान्तरमा पराजित भएका थिए । अहिले उनी रास्वपाबाट उम्मेदवारी दिएका छन् ।