राजनीति

मतगणना सुरु भएको २४ घण्टाभित्रै प्रत्यक्षतर्फको परिणाम : निर्वाचन आयोग



काठमाडौँ, २० फागुन । निर्वाचन आयोगले मतगणना सुरु भएको २४ घण्टाभित्रै प्रत्यक्षतर्फको परिणाम आउने जनाएको छ ।

आज कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पत्रकार सम्मेलनमा भने, “पहाडी र हिमाली भूभागबाट मतपेटिका सकेसम्म छिटो संकलन गर्छौं । पहिलो हुनेतर्फ मतगणना प्रारम्भ भएको २४ घण्टाभित्रै परिणाम आउँछ ।”

उनले समानुपातिकतर्फको परिणाम पनि पनि छिट्टै आउने बताए । उनले निर्वाचनको मिति घोषणाा भएपछि युवामा उत्साह थपिएको बताए । पहिलेभन्दा  मत खस्ने प्रतिशत बढ्ने र बदर हुने प्रतिशत घट्ने उनको भनाइ छ ।