राजनीति

निर्वाचन लक्षित भ्रामक सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको छ : सेना



काठमाडौँ, २० फागुन । भोलि हुन लागेको प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा सामाजिक सञ्जाल तथा अन्य माध्यमहरूबाट सम्प्रेषण भइरहेका भ्रामक र अतिरञ्जित सूचनाप्रति सेनाले ध्यानाकर्षण भएको जनाएको छ । 

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले त्यस्ता सूचनालाई विश्वास नगर्न आम जनसमुदायलाई अपिल गरेको छ । 

जङ्गी अड्डाले आज प्रेस विज्ञप्ति जारी गर्दै नियोजित रूपमा फैलाइएका यस्ता गलत सूचनाहरूमा विश्वास नगर्न आग्रह गरेको हो ।