राजनीति

चुनावमा कसैको बहुमत आउँदैन: प्रचण्ड



काठमाडौँ, २१ फागुन । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावमा नयाँ र पुराना दल वा नेता भनेर छुट्टाउने भाष्य गलत भएको बताएका छन्।

मतदान केन्द्रबाट बाहिरिने क्रममा आज सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले चुनावमा कुनै पनि एक दलको मात्रै बहुमत नआउने दाबी समेत गरेका हुन् ।

अहिले बजारमा नयाँ र पुरानो भनेर उठाइएको कुरा देश र लोकतन्त्रको हितमा नभएको प्रचण्डले जिकिर गरे। उनले नयाँ र पुरानो भन्दा पनि सही र गलत के हो भनेर छुट्याउनुपर्नेमा जोड दिए । राष्ट्र, जनता, लोकतन्त्र र प्रगतिको पक्षमा को छ, त्यसको आधारमा सही विचार र कार्यक्रम भएको नेतृत्वलाई भोट दिन उनले आम मतदातालाई अपिल गरे ।