राजनीति

यो जित देश र परिवर्तन पक्षको जित : रञ्जु न्यौपाने



काठमाडौँ, २२ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँ क्षेत्र नम्बर १ बाट विजयको सुरुवात गरेको छ ।

रास्वपाकी उम्मेदवार रञ्जु दर्शना (न्यौपाने) १५ हजार ४५५ मतका साथ विजयी भएकी हुन्। यो जितसँगै रास्वपाले यस निर्वाचनमा आफ्नो पहिलो खाता खोल्न सफल भएको छ ।

विजयी भएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै रञ्जुले यो जितलाई देश र परिवर्तन पक्षको जितका रूपमा व्याख्या गरेकी छिन् । उनले ‘घण्टी’ चुनाव चिह्नमा मतदान गर्ने सम्पूर्ण मतदाता तथा शुभकामना दिने शुभेच्छुक र साथीहरू प्रति हार्दिक आभार एवं नमन प्रकट गरेकी छिन् । उनले आफ्नो विजयलाई जनताको परिवर्तनप्रतिको चाहनाको परिणाम भएको बताएकी छिन् ।