Banner News

११ महिला उमेदवारको संसद् यात्रा तय (सूचीसहित)



काठमाडौँ, २४ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म ११ स्थानमा महिला उमेदवार विजयी भएका छन् ।

काठमाडौँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रञ्जु न्यौपाने दर्शना १५ हजार ४५५ मत प्राप्त गरी विजयी भएका छन् । स्वपाकै डा. तोसिमा कार्की ललितपुर–३ बाट ४३ हजार ९६ मतसहित विजयी भएकी छन् ।

रास्वपाकी सोविता गौतम चितवन–३ बाट ५९ हजार २७७ मत प्राप्त गर्दै विजयी भइन् । रास्वपाकै आशिका तामाङ (धादिङ–१) मा ३९ हजार १२८ मतसहित विजयी भएकी छन् । रास्वपाकै इन्दिरा रानामगर झापा–२ बाट ६० हजार ११० मतसहित विजयी भइन् । रास्वपाकै निशा डाँगीले झापा–१ बाट ४५ हजार ६८० मतसहित संसद्को यात्रा तय गरेकी छन् ।

मोरङ–६ मा रास्वपाका रुविना आचार्य ५५ हजार ५१३ मत, कास्की–३ मा रास्वपाका विना गुरुङ ३७ हजार ७५० मत र कैलाली–१ मा रास्वपाका कोमल ज्ञवाली १७ हजार ८२६ मत प्राप्त विजयी भएकी छन् । रास्वपाकै नीतिमा भण्डारी (कार्की)ले सर्लाही–१ बाट ४४ हजार १८१ मतसहित जित हासिल गरिन् । 

दैलेख निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उमेदवार बासना थापाले १२ हजार ३७२ मत प्राप्त गरी विजयी भएकी छन् ।