राजनीति

यी हुन् नेपाली कांग्रेसले प्रत्यक्षतर्फ जितेका १८ निर्वाचन क्षेत्र (सूचीसहित)



काठमाडौँ, २६ फागुन । प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको अन्तिम मतपरिणामअनुसार नेपाली कांग्रेसले मुलुकभरका १६५ निर्वाचन क्षेत्रमध्ये १८ क्षेत्रमा जित हासिल गरेको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणामा अनुसार कांग्रेसले यस पटकको १८ क्षेत्रमा जित हात पारेको हो । 

कांग्रेसका उम्मेदवारहरू

रौतहट क्षेत्र नं. २ का मो. फिरदोस आलम

सुर्खेत क्षेत्र नं. १ बाट विष्णु बहादुर खड्का

कपिलवस्तु क्षेत्र नं. ३ बाट अभिषेक प्रताप शाह

जाजरकोट निर्वाचन क्षेत्र नं. १ बाट खड्क बहादुर बुढा

पाल्पा क्षेत्र नं. १ सन्दीप राना

पाँचथर क्षेत्र नं. १ नरेन्द्र कुमार केरुङ

बाजुरा क्षेत्र नं. १ जनक राज गिरी

डोटी क्षेत्र नं. १ बाट भरत बहादुर खड्का

इलाम क्षेत्र नं. १ बाट निश्कल राई

सोलुखुम्बु क्षेत्र नं. १ का उम्मेदवार प्रकाश सिंह कार्की

दैलेख क्षेत्र नं. १ बाट बासना थापा

तेह्रथुम क्षेत्र नं. १ बाट सन्तोष सुब्बा

अछाम क्षेत्र नं. १ मा भरत कुमार स्वार

रसुवा क्षेत्र नं. १ मा मोहन आचार्य