काठमाडौँ, २६ फागुन । प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको अन्तिम मत परिणाम अनुसार नेपाली कम्युनिस्ट पार्टी देशभरका ८ निर्वाचन क्षेत्रमा विजयी भएको छ । १६५ निर्वाचन क्षेत्रमध्ये ८ स्थानमा जित हात पार्दै नेकपा प्रत्यक्षतर्फ तेस्रो स्थानमा रहेको छ ।
निर्वाचन आयोगको तथ्याङ्कअनुसार पार्टी संयोजक समेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वमन्त्री वर्षमान पुनसहितका नेताहरूले जित हासिल गरेका छन् । पार्टीका तर्फबाट
रोल्पा निर्वाचन क्षेत्र नं १ मा वर्षमान पुन
सल्यान निर्वाचन क्षेत्र नं. १ बाट रमेश कुमार मल्ल
सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. २ बाट युवराज दुलाल
रुकुम पश्चिम निर्वाचन क्षेत्र नं. १ बाट गोपाल शर्मा
रुकुम पूर्व निर्वाचन क्षेत्र नं. १ बाट पुष्पकमल दाहाल ‘प्रचण्ड’
कालीकोट निर्वाचन क्षेत्र नं. १ बाट महेन्द्र बहादुर शाही
डोल्पा निर्वाचन क्षेत्र नं. १ बाट धन बहादुर बुढा
धनुषा निर्वाचन क्षेत्र नं. १ बाट पूर्वमन्त्री मातृका प्रसाद यादव









प्रतिक्रिया दिनुहोस्