काठमाडौँ, २८ फागुन । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अमेरिका–इजरायल तथा इरानबीच भएको युद्धका कारण खाडी क्षेत्रमा समेत तलिरहेको युद्धका कारण भविष्यमा भूराजनीतिक तनावलाई समेत निम्त्याउन सक्ने भन्दै गम्भीर हुन आग्रह गर्नुभएको छ ।
करिव दुई हप्ता अगाडीदेखी चलिरहेको युद्धका कारण खाडी क्षेत्रमा रहेका नेपालीहरुमा भौतिक रुपमा समेत क्षति हुन सक्ने प्रति संकेट गर्दै उहाँले युद्धका कारण आर्थिक तथा अन्य मानवीय जीवनमा प्रयोग हुने बस्तु वा पदार्थमा समेत असर पर्न सक्ने संकत गर्नुभयो । मूल्य वृद्धिको प्रत्यक्ष प्रभाव पर्न सक्ने संकेत गर्दै उहाँले सम्भावित प्रभावलाई कम गर्न ठोस योजना र तयारी गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले आफ्नो सामाजिक सञ्जालमा आज लेख्नुभएको छ, ‘खाडी क्षेत्रमा चलिरहेको युद्धका कारण त्यहाँ काम गरिरहेका नेपाली श्रमिकहरू त्रासमा छन् । सम्भावित तेल र ग्यास अभाव तथा बढ्दो मूल्यवृद्धिले समग्र बजार प्रणालीमा असर पार्दै जनजीवन अझ कठिन बन्ने संकेत देखिएको छ । यस्तो संवेदनशील समयमा नेपाली समाजले धैर्य र संयम कायम राख्नु अत्यन्त आवश्यक छ । साथै, अब बन्ने सरकारले पनि सम्भावित प्रभावलाई कम गर्न ठोस योजना र तयारी सुरु गर्नुपर्छ । अन्यथा, यो संकट केवल आर्थिक वा मानवीय संकटमा मात्र सीमित रहने छैनस यसले भविष्यमा भूराजनीतिक तनावलाई समेत निम्त्याउन सक्छ । गम्भीर बनौं, सजग बनौं ।’










प्रतिक्रिया दिनुहोस्