काठमाडौँ, २८ फागुन । एमाले नेतृ तथा पूर्वमन्त्री विद्या भट्टराईले कम्युनिस्ट पार्टीहरू आफ्नो मूल दर्शन र सिद्धान्तअनुसार चल्न नसक्दा वर्तमानको निराशाजनक परिणाम भोग्नुपरेको बताएकी छन् ।
आज सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा राख्दै भट्टराईले कम्युनिस्टहरू परिवर्तनको पक्षधर हुन् भन्ने मान्यता दर्शन र आदर्शवादी व्यवहारबाट निर्माण हुने भए पनि व्यवहारमा त्यस्तो देखिन नसक्नु नै मुख्य समस्या रहेको बताएकी छन् ।
उनले भनेकी छन्, “कम्युनिस्ट परिवर्तनको पक्षधर हो भन्ने मान्यता र पक्षधरता सदा दर्शन, सिद्धान्त, विचार र आदर्शवादी व्यवहारबाट निर्माण हुन्छ भन्ने सोच आम रुपमा रहेपनी यो सोच अनुसार कम्युनिस्ट पार्टिहरु संचालन हुन नसक्नुका कारण आजको परिणाम आएको हो । रचनात्मक संवाद गरौं र विगतका कार्यशैली र व्यवहारगत त्रुटिको बस्तुगत समिक्षा गरौ र आगामी दिनको सुखद यात्रा तय गरौ ।”










प्रतिक्रिया दिनुहोस्