काठमाडौँ, २९ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच टेलिफोन सम्वाद भएको छ ।
रास्वपा बरिष्ठ नेता बालेन शाहसँग भने कुराकानी/भेटघाट पुष्टि भएको छैन । यसअघि प्रचण्ड र बालेनबीच भेटघाट भएको समाचार सार्वजनिक भएको थियो ।
प्रचण्डको स्वकीय सचिव समेत भइसकेका आचार्यका अनुसार प्रचण्ड र रविबीच चुनाव जितिसकेपछि मोबाइल फोनमा कुराकानी भएको थियो । त्यसक्रममा चुनाव जितेकोमा एकअर्काले बधाई दिएका थिए । त्यसबाहेक अरु केके कुरा भयो भन्ने खुलेको छैन ।










प्रतिक्रिया दिनुहोस्